
काठमाडौं। साेमबार बेलुका बसेकाे सत्तारुढ दलकाे बैंठकले मन्त्रालय भागवण्डा टुंगाे लगाएको छन् । भोलि मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने र १ बजे सपथ हुने गरी मन्त्रालयको भागवण्डा टुंगिएको हाे ।
कुन पार्टीले कुन कुन मन्त्रालय लिने भन्ने टुंगाे नलागे पनि भागवण्डा सकिएकाे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले बताए ।
साेमबार राति भएकाे सहमतिबारे आ-आफ्नो पार्टीमा छलफल गरी मंगलबार १ बजेसम्भम मन्त्रीसहित सबैकाे मन्त्रालय टुंगाे लगाउने जिम्काेमा दलले लिएका छन् ।
केही परिवर्तन भएपनि १ बजे नै सपथ हुने गरी तयारी भएकाे स्राेतले जनाएकाे छ । सत्तरूढ गठबन्धनबाट ८ जना सासंद बराबर एक मन्त्रालय दिनेगरी छलफल चलेकाे थियाे ।