
तानसेन। पाल्पामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा ६ पटुवाचौरका ६० वर्षीय बेदबहादुर बलाल रहेको प्रहरीले जनाएको छ ।
उनी आफ्नो घर नजिकैको नेप्टा भिरबाट लडी मृत्यु भएको खबर स्थानीयले प्रहरीलाई गरेका थिए। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रहरी चौकी बल्ढेङ्गढीबाट टोली खटिएको थियो ।
हाल शवलाई पोस्टमार्टमका लागि पाल्पा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घटना मंगलबार बिहान साढे ८ बजे घटेको थियो।