काठमाडौं। मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
मंगलबारका लागि छापावाल सुनको मूल्य एक लख ५ हजार एक सय, तेजावी सुनको मूल्य एक लाख ४ हजार ६ सय र चाँदीको मूल्य १ हजार ३९० रुपैयाँ प्रतितोला तोकिएको छ ।
सोमबार छापावल सुनको प्रतितोला मूल्य एक लाख ५ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ४ हजार ७ सय र चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।