
तानसेन। पाल्पा सदरमुकाममा एक दिने खाना महोत्सव हुने भएको छ। तानसेन नगरपालिका वडा नं. ४ को मखनटोल टोल विकास समितिले यही माघ २० गते एक दिने सडक खाना महोत्सव गर्न लागेको हो ।
सडक खाना महोत्सव समितिका संयोजक प्रबिता शाक्यकाअनुसार वडा नं. ४ को आर्थिक सहयोग र मखनटोल टोल विकास संस्थाको समन्वयमा संचालन हुनेछ ।
विगत १० वर्षदेखि मनाउदै आएको सडक महोत्सव विगतका वर्षमा कोरोना महामारीले हुन सकेको थिएन। पछिल्लो समय संक्रमणमा कमी आएसंगै पुनः महोत्सवको आयोजना गर्न लागिएको टोल विकास संस्थाले जनाएको छ ।
महोत्सवमा विभिन्न जातजातिका खानाको कृषिजन्य वस्तुका साथै सांस्कृतिक कार्यक्रमहरु पनि समावेश गराइने बताइएको छ । महोत्सवमा ७० वटा स्टल रहने आयोजकले जनाएको छ ।
महोत्सवमा आन्तरिक र बाह्य गरि पाँच हजार पर्यटक उपस्थिति गराउने र करिव २५ लाखको कारोबार गर्ने अपेक्षा आयोजक संस्थाले गरेको छन् ।