बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ को मनोनयन खुल्ला

तानसेन। बिशाल मुभिजको आयोजनामा दोस्रो बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ हुने भएको छ । यही माघ १ गतेबाट अवार्डको मनोनयन फाराम खुल्ला गरिएको हाे । लोक तथा दोहोरी बिधासंग सम्बन्धित रहेर ३२ बिधामा अवार्ड गर्न लागिएको अवार्ड कार्यक्रमका संयोजक धिरज खत्रीले जानकारी दिए।

२०७८ बैसाखदेखि २०७९ मंसिरसम्म बजारमा आएका गीतहरुलाई अवार्डमा समावेश गरिने छ । यही फागुनको पहिलो सातामा उत्कृट पाँचको मनोनयन सार्वजनिक गरिने छ । यस्तै  चैतको पहिलो साता अवार्डको फाइनल कार्यक्रम गरिने अयोजक संस्था बिशाल मुभिजका अध्यक्ष हुम गैरेले जानकारी दिए ।

सात  सदस्सीय जुरी निर्णयक रहेको अवार्डमा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएपछि  भाेटिङ्ग सुरु हुनेछ । एस.एम.एस. भोटिङ्गबाट आएको मतलाई ४० प्रतिशत मान्यता दिईने छ भने ५० प्रतिशत निर्णयक मण्डलको र १० प्रतिशत अयोजकको निर्णय लागु हुने अवार्ड कार्यक्रमका संयोजन खत्रीले जानकारी दिए।

तपाईको प्रतिक्रिया