
तानसेन। जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्वेश्यले मादक पदार्थ सेवन (मा.प.से.)चेकजाँचमा कडाइ गरेको छ । पछिल्लो समय मापसे गरेर सवारी चलाएका पाइएपछि जिल्ला सदरमुकासंगै विभिन्न स्थानमा चेकजाचलाई कडाई गरिएको हो ।
चेकजाँचका क्रममा साना तथा ठुला सवारी साधनका चालकहरु कारबाहीमा पनि परेका छन । यसरी कारबाहीमा परेका सवारी चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ को मा.प.से. बर्खिलाप अन्तरगत पहिलो पटक रु १ हजार जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए।
यस्तै कारबाहीमा परेका सावारी साधनलाई अर्को चालक बोलाउन लगाएर मात्र सवारी जिम्मा लगाइको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
कोराना महामारीले गर्दा मापसे चेकजाँचमा कमी आएकोमा पुनःनियमित र कडाईका साथ चेकजाँच सुरु गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
पाल्पामा पुषको तेस्रो सातामात्रै मदिरा सेवन गरी सवारी चलाउदा भएको बस दुर्घटनामा ६ जना यात्रुको मृत्यु भएको थियो ।