
तानसेन। मंगलबार दिउँसो बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका कर्मचारी राजेश शर्माका अनुसार दिउँसो २ बजेर ४३ मिनेटको समयमा गएको भूकम्पको धक्का सुदुरपश्चिमका जिल्लासंगै पोखरा, पाल्पा गुल्मीसंगै भारतको राजधानी दिल्लीमासमेत महसुस भएको हाे ।
लुम्बिनी प्रदेशको रुपन्देही, पाल्पा, गुलमीलगायतका जिल्लाका विभिन्न स्थानमा पनि भूकम्पको महसुस भएर भन्दै नागरिकहरुले सामाजिक सञ्जालहरुमा स्टाटसहरु लेखेका छन् ।
अहिलेसम्म क्षतिको विवरण नआए पनि सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकहरु भूकम्पको धक्का बढी महसुस भएपछि घर बाहिर निस्केका छन् ।