पाल्पा । पाल्पा सदरमुकाम तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’ तीन वर्षपछि भोलि (बुधबार)देखि पुनः संचालनमा आउने भएको छ ।
कोरोना महामारी सुरु भएसँगै ०७६ सालको चैतदेखि बन्द रहेको हल स्तरोन्नति भएर सञ्चालनमा आउन लागेको हो ।
भोलिदेखि रिलिज हुने शाहरुख खान अभिनित बलिउड चलचित्र ‘पठान’ प्रदर्शनसँगै हलले पुनः प्रदर्शन आरम्भ गर्ने भएको संचालक सर्जुमान लिगलले जानकारी दिए ।
उनका अनुसार बुधबारदेखि ११ः १५ बजे, २ बजे र ५ बजे हलमा चलचित्र प्रदर्शन हुनेछ ।
यस्तो छ हलको नयाँ स्वरुप
@sarjumanligal♬ original sound – Serendipity