सिद्धार्थ राजमार्गको केराबारीमा टिपर दुर्घटना, चालकको मृत्यु

तानसेन। पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन बुटवल सडक खण्डको तिनाउ गाउँपालिकास्थित केराबारी नजिकै पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको ना ८ ख ७९२४ नम्बरको टिपर दुर्घटना भएको हो।

दुर्घटनामा टिपर चालक स्याङ्जाको गल्याङ् नगरपालिका वडा नं. –१ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव बिहीबार बिहान तिनाउ खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।

टिपर सडकदेखि १३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । टिपर पूर्णरुपमा क्षति भएको र चालकको मृत्यु भएको हुँदा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया