डेढ लाख घुससहित खाद्य विभागका इञ्जिनियर पक्राउ

काठमाडौं।  खाद्य प्रविधिक तथा गुण नियन्त्रण कार्यालयका इञ्जिनियर योगेन्द्र ढुंगेल पक्राउ परेका छन् । अख्यितार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले उनलाई डेढ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

खाद्य विभागले दिने अनुज्ञा पत्र लिन आउने सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको पाइएपछि  उनलाइ बबरमहलबाट पक्राउ गरिएकाे  आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया