रिब्दीकोटमा अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु

तानसेन। पाल्पामा शौचालय जाँदा अचेत भएकी महिलाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिकास्थित वडा नं. ६ वाङ्सुनकी ५२ वर्षीया विष्णु बगाले अचेत अवस्थामा फेला परेकोमा उपचारका लागि अस्पतालमा पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए।

उनलाई तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शौचालय गएकी बगाले लामो समयसम्म पनि नआएपछि उनका श्रीमान हेमबहादुर बगाले गएर ढोका फोडी हेर्दा अचेत अवस्थामा फेला पारेका थिए ।

घटनाको विषयमा थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीका प्रवक्ता वीरेन्द्र थापाले बताए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer