२०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले  इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गरेका हुन् ।

प्रधानमन्त्री दाहालले नेपाल र नेपालीको उन्नति र बृहत्तर समृद्धिका लागि सामूहिक कार्य गर्ने सङ्कल्पको आह्वान गरेका छन्।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी संवत् सुरुआत भएको भन्ने भनाइ छ । जनवरी १ मा अन्तराष्ट्रियटाेपी दिवस तथा नेपाली पाेशाक दिवस पनि मनाउने प्रचलन छ ।

तपाईको प्रतिक्रिया