तेस्रो रामपुर महोत्सवको तयारी पुरा

तानसेन। शुक्रबारदेखि रामपुरमा हुन लागेको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको तयारी पुरा भएको छ । रामपुर उद्योग वाणिज्य संघले माघ २७ देखि फागुन ८ सम्म सञ्चालन गर्न लागेको मेलाको तयारी पूरा भएको जनाएको हो ।

विहिबार मेला स्थल रामतुलसी नमुना माध्यमिक विद्यालयको खेल मैदानमा पत्रकार सम्मेलन मार्फत तयारी सकिएको जानकारी दिएको हो । मेलाको विषयमा जानकारी दिदै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले तयारीको काम सकिएको जानकारी दिए ।

ढकालका अनुसार स्टलहरु, स्टेज, सचिवालय, प्रवेश द्वार, घेराबर निर्माण सकिएको छ । स्टल बुकिङ्ग गरेर अधिकांश व्यवसायीसमेत मेला स्थलमा पुगेका छन् ।

संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा हुन गैरहेको मेला संघको भवन निर्माण, कोरोना महामारीले धरासायी बनेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन, कालीगण्डकी बेशी क्षेत्र पहिचान संगै पर्यटन प्रवद्र्धन, कृषक तथा उद्योगी व्यवसायीहरु प्रोत्साहन गर्न मेलाको आयोजना गरिएको अध्यक्ष ढकालले बताए।

कालीगण्डकी करिडोरसंगै सडक यातायातको सहजताले यस पटक ३ लाख भन्दा बढीले मेलाको अवलोकन गर्ने संघले लक्ष्य लिएको छ । मेलामा कृषि क्षेत्र र हस्तकलाका सामग्रीलाई विशेष प्राथमिकता दिएको आयोजक संस्थाले जनाएको छ । मेलामा तीन सय बढी स्टल रहेका छन् । विगतको तुलनमा यस पटक स्थानीय व्यवसायीहरुको राम्रो उपस्थिति रहने बताइएको छ ।

मेलाको आकर्षणका रुपमा स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा विक्री, बाल उद्यान, हेलिकप्टर।प्याराग्लाइडिङ्गबाट मनोरम दृश्य अवलोकन, कालीगण्डकीमा जलयात्रा (र्याफ्टिङ्ग), तेस्रो रामपुर डान्स आइडल र लोकदोहोरी प्रतियोगिता, दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, स्थानीय स्तरका मौलिक र स्वदिष्ट खानाका परिकारहरु, लोक संस्कृतिको जगेर्नाको लागि विभिन्न जातजातिका झाँकी प्रदर्शन, जिल्ला स्तरिय भलिबल प्रतियोगिता रहने छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer