तानसेन। तानसेनमा गएको नेवारी संस्कृतिको जर्गेणा गर्ने उद्देश्यले नेवारी भोजको आयोजना हुने भएको छ । तानसेन नगरपालिका वडा नं.२ असनस्टित असन टोल टोल किास संस्थाले आउँदो फागुन ५ गते नेवारी भोजको आयोजना गर्ने भएको हो ।
आयोजक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा लोप हुने अवस्थामा पुगेको नेवारी संस्कृतिको जर्गेणा र पुस्तान्तरणको लागि नेवारी भोजको आयोजना गएिको संस्थाका अध्यक्ष अनुजा बज्राचार्यले जानकारी दिइन् । उक्त भोजमा प्रति व्यक्ति रु ९०० को कुपन लिनु पर्नेछ । सो वापत खानामा २० भन्दा बढी प्रकारको परिकारको स्वाद चाख्न पाइने आयोजक संस्थाले जनाएको छ ।
मेलाबाट बचत हुने रकम संस्थाको विकासमा लगाउने संस्थाले जनाएको छ । खाना सालको टपरीमा राखी पलेटी कसेर नेवारी संस्कृती अनुसार मर्यादा पूर्वकक खुवाइने संस्थाकी सचिव सुनिता थैवले बताइन् ।
नेवारी संस्कृति लोप हुँदै गएको अवस्थामा यस भोजले नेवारी संस्कृतिबारे अध्ययन गर्नसमेत सहज हुने सल्लाहकार मदनलाल बज्राचार्यले बताए।