
दाङ। लुम्बिनी प्रदेशमा नव नियुक्त ७ जना मन्त्रीले पद तथा गाेपनियताकाे शप लिएका छन । प्रदेश प्रमुख अमिक शेरचन समक्ष नव नियुक्त मन्त्रिले पद तथा गाेपनियताकाे शपथ लिएका हुन ।
एमालेबाट मुख्यमन्त्रीसहित ५, माओवादीबाट ३ र अन्य साना दलबाट एक/एक जना गरी १० जनाको मन्त्रिमण्डल बनाइएको छ । यस अघि दुई जना मन्त्री नियुक्त भइसकेका थिए । नेपालकाे संविधानकाे धारा १७२ बमाेजिम मन्त्रीहरुकाे शपथ ग्रहण गराइएको छ ।
माओवादी संसदीय दलका नेता जोखबहादुर महराले अर्थिक मामिला मन्त्रि, इन्द्रजीत थारुले भौतिक पूर्वाधार विकास मन्त्रीकाे रुपमा शपथ लिए । एमालेबाट विष्णु पन्थीले स्वास्थ्य मन्त्री, दुर्गाप्रसाद चौधरीले वन तथा वातावरण मन्त्री, तुलसीराम शर्माले कृषि तथा भूमि व्यवस्था मन्त्रीकाे रुपमा शपथ लिएका छन ।
जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक विकास मन्त्री र राप्रपाका जानकीप्रसाद यादवले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रिकाे रुपमा शपथ लिएका छन । यस अघि नियुक्त भएका दुई जना मन्त्रिकाे जिम्मेवारी ताेकिएकाे छ । एमालेका उप नेता चेतनारायण आचार्यलाइ खानेपानी, ग्रामिण तथा शहरी विकास र माअाेवादी केन्द्रकी कृष्णा केसिलाइ आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रिकाे जिम्मेवारी ताेकिएकाे छ । तर, आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्रिकाे जिम्मेवारी ताेकिएकी कृष्णा केसी शपथ ग्रहण स्थलमा उपस्थित भइनिन् । उनले विना बिभागिए मन्त्रिबाट राजिनामा दिएकी थिइन । तर, उनकाे राजिनामा थामथुम पारिएकाे छ ।
लुम्बिनी सरकारमा विश्वासको मत दिएका नागरिक उन्मुक्ती, जनता समाजवादी र लोकतान्त्रीक समाजवादी पार्टीबाट मन्त्री बन्ने अवसर पाएनन् । बाँकी दललाई संसदीय समितिमा समेट्ने योजना मुख्यमन्त्री लिला गिरीको छ ।
लुम्बिनीमा मुख्यमन्त्रिले शपथ लिएकाे ठिक एक महिना पछी मन्त्रीपरिषद्लाई पूर्णता दिएका हुन । गत पुस २८ मा शपथ लिएका मुख्यमन्त्री लिला गिरीले माघ २८ मा मन्त्रीपरिषद्लाई पूर्णता दिएका थिए ।