तानसेन। पाल्पाको रानीमहल दरबारमा नेपालसंगै भारतका पर्यटककले प्रेम दिवस मनाएका छन् । तानसेन नगरपालिकाले प्रणय दिवसका अवसरमा आज रानीमहलको प्रर्वधन गर्नका लागि विशेष कार्यक्रम गरी सो अवसरमा दिवस मनाइएको हो ।
प्रेम दिवसका अवसरमा रानीमहलमा पुग्ने जोडीलाई तानसेन नगरपालिका, नाटा लुम्बिनी र नाटा पाल्पा च्याप्टरले सम्मानसमेत गरेको थियो । ऐतिहासिक पर्यटकीय स्थल रानीमहललाई स्थापितसंगै प्रचार गरी पर्यटक तथा प्रेम जोडीलाई आर्कषण गर्न प्रेम दिवसको अवसरमा कार्यक्रम आयाजना गरेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए। अहिले सुरुवात भएपनि यसलाई निरन्तरता दिएर थप विकास र विस्तारका लागि तानसेन नगरपालिकाले गुरु योजना नै बनाएर अघि बढ्ने पनि नगर प्रमुख श्रेष्ठले बताए ।
प्रेमको प्रतीकका रुपमा निर्माण भएको रानीमहल दरबारमा प्रेमील जोडीहरूले एक आपसमा गुलाफको पुष्प गुच्छा साटासाट गर्दै प्रेमलाई आजीवन बनाउने उत्साह मिल्ने विश्वास रहेको छ । धार्मिक रुपमासमेत कालीगण्डकी नदीको उत्तर बाहिनीको अवलोकन शिव मन्दिरमा सिक्का दान जस्ता कार्यमा समेत स्वदेशी तथा विदेश पर्यटक आर्कषित भएका थिए ।
पाल्पा गैडाका तैनाथवाला सेनापति खड्ग समशेरले आफ्नी रानीको सम्झानामा निर्माण गरेको रानीमहल दरबार पछिल्लो समय संग्रहालय र अध्ययन तथा अवलोकनका लागि समेत देशकै महत्वपूर्ण गन्तव्यका रुपमा विकसित भएको छ । साथै यो दरबारलाई सरकारले देशका एक सय पर्यटकीय गन्तव्यमा समेत समावेश गरेको छ ।
रानीमहल पुग्ने जोडीले शन्त वातारण र प्रमेको निशानीमा पुगेर दिवस मनाउन पाउँदा खुसी लागेको बताएका छन् । सो अवसरमा केही जोडीले फूलका गुच्छासंगै प्रेमका चिनारीका रूपमा अन्य उपहार पनि साटासाट गरेका थिए।
हेराैं तस्वीरहरूः