तानसेन। पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा अखिल नेपाल किसान महासंघ रैनादेवी छहरा गाउँपालिका कमिटीले किसानहरुको पिर मर्का तथा समस्यालाई मध्येनजर राखेर पालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेकपा एमाले लुम्बीनी प्रदेश कमिटी सदस्य रामबहादुर राउत, अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य श्रीकृष्ण आत्रेय, जिल्ला अध्यक्ष यमबहादुर राउत, लुम्बिनी प्रदेश कमिटी सदस्य रवीलाल पोखरेल, अखिल नेपाल किसान महासंघ रैनादेवी छहरा अध्यक्ष घनश्याम पन्थसहितको टोली गाउँपालिकामा पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

पत्रमार्फत रैनादेवी छहराका सम्पूर्ण किसानलाई विगतका केहि वर्षदेखि खेतबारीमा लगाएका बालीनाली बन्यजन्तु खास गरेर बनेल बाँदर दुम्सीलगायत अन्य बन्यजन्तुले हानी नोक्सानी गरेर रोपेका धान, मकै, कोदो, तरकारी वालीसमेत सबै उत्पादनहरु नोक्सानी गर्ने र धपाउन समेत नसकिने हुनाले सो जनावरलालई नियन्त्रण गर्न कार्यपालिकाको बैठकबाट निर्णय गरि घोषणा गर्न यस कार्यपालिकाको ध्यानाकर्षण गराएको छ । यस्तै, गाउँपालिकाले कृषिको क्षेत्रमा बजेटसहित कार्यक्रम सञ्चालन गरि हालसम्म पनि किसानहरुको प्रतिनिधि संस्था अखिल नेपाल किसान महासंघलगायतका सरोकारवाला निकायलाई बेवास्ता गरेको भन्दै अबका दिनमा यस्ता संगठनका प्रतिनिधि तथा सरोकारवालाहरुसंग बसेर आवश्यकतामा आधारित कार्यक्रम निर्धारण गर्न जोडदार माग राखेको बिज्ञप्तीमा उल्लेख छ ।

पालिकाबाट कृषि अनुदान, कृषि औजार तथा उपकरणहरु बीउ विजन, विरुवा, मल, औषधिलगायतका वस्तहरु वितरण गर्दा आवश्यकता वा मागमा आधारित नभै पहँचका आधारमा वितरण गरिएको भन्ने व्यापक जनगुनासो रहेकोले सो वितरण प्रकृयालाई निश्पक्ष, पारदर्शी एवं न्यायोचित वितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

नेपाल सरकारबाट सञ्चालित सुन्तला जोन कार्यक्रम किसानको आवयकतामा आधारित भै योजनावद्ध तवरबाट सञ्चालन नगर्दा प्रभावकारी हुन नसकेको र पालिकाको यथोचित ध्यान पुग्न नसकेको हुनाले प्रभावकारी अनुगमन गरि कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गर्नको लागी सुझाव दिदै किसान आफैले खरिद गरेका मिनिटिलर मर्मत सम्भार गर्न मिस्त्रिको तालिम सञ्चालन गरि जनशक्ती उत्पादन तर्फ ध्यान दिन समेत ध्यानाकर्षण गराएको छ । गाउँपालिकामा पुगेका अखिल नेपाल किसान महासंघ सहित एमाले आवद्ध पार्टी पेश गरेका मागलाई सम्बोधन गदै गाउँपालिका अध्यक्ष रुक्मांगत भटराईले आजै बस्ने कार्यापालिकाको निर्णयबाट मागलाई समबोधन गर्ने बताउदै यस्ता खालका सकारात्मक सुझावले गाउँपालिकाको विकासमा सहयोग पुग्ने बताए ।

ध्यानाकर्षण पत्र कार्यापालिका सदस्य वडा अध्यक्षहरु उपाध्यक्ष युवराज थापा प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु लगाएतको उपस्थीतमा बुझाएका थियो ।

तपाईको प्रतिक्रिया