
तानसेन। पाल्पाली गायक एवं सर्जक पुरुषोत्तम गैरेले नयाँ गीत सार्वजनिक गरेका छन् । गैरेले आइतबार ‘म बिग्रेकी मन बिग्रियो ?’ बोलको गीत सार्वजनिक गरेका हुन् । उक्त गीतमा गैरेसंगै अहिलेकी हिट गायिका अनु चौधरीले स्वर दिएकी छन् ।
गीतमा शब्द, संगीत गायक गैरे स्वयंको छ । एचबिएन किस्मतले गीतको एरेन्ज गरेका हुन् । प्रशान्त मगरको निर्देशनमा तयार यसको भिडियोमा मोडल करिश्मा ढकालसँग पिताम्बर पोखरेल र गोबिन्द थापा प्रस्तुत छन् ।
अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । माया प्रेममा आधारित गीतको भिडियो रमाइलो खालको बनाइएको गैरेले बताए ।
गायक गैरेको ‘पुरुषोत्तम गैरे’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको छ । गीतलाई लिएर युट्युबमा सकारात्मक प्रतिक्रियाहरु आएका छन् । विगतको तुलनामा यो गीतले थप सफलता पाउने अपेक्षा रहेको गैरले बताएका छन् ।
भिडियाेः