
तानसेन। नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमालले अघि सारेकै उम्मेवदार राष्ट्रपति बन्ने बताएका छन् । उनले गत पुस १० गतेको सहमति कार्यान्वयन हुने दाबी समेत गरेका छन्।
प्रेस चौतारी नेपाल पाल्पा शाखाल आयोजना गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले अहिलेको सत्ता गठबन्धनमा भएको सहमति अनुसार नै राष्ट्रपति निर्वाचन हुने बताए।
उनले केही नेताहरुले सहमति विपरीत गैर जिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाउँदै गत निर्वाचनबाट एमाले दोस्रो ठूलो रुपमा रहेको र सत्ता गठबन्धनमा ठूलो दल भएका कारण प्रधान्मन्त्री प्रचण्डलाई दिने र राष्ट्रपति तथा सभामुख एमालेलाई दिने सहमति अनुसार नै राष्ट्रपति निर्वाचनमा मतपरिणाम आउने दाबी गरे ।
पत्रकारहरुको जिज्ञाशामा राष्ट्रपति को बन्ने भन्ने विषय भने अझै नटुंगिएको नेता भट्टराईले बताए। राष्ट्रपतिको निर्वाचनमा निश्चित र निर्वाचित सदस्यहरुबाटै मतदान गर्ने भएकाले पनि नाम टुंगाउन हतार नगरेको नेता भट्टराईको भनाई छ ।
माधव नेपाललाई राष्ट्रपति बनाउने विषयमा पार्टीको धाराणाबारे पत्रकारहरुको जिज्ञाशामा नेता भट्टराईले एमालले अघि सारेको अवस्थामा जाुन सुकै व्यक्ति निर्वाचित हुने दाबा गरे ।
राष्ट्रपति निर्वाचनका सन्दर्भमा अनेक खालका चलखेल र प्रस्ताव पनि आइरहेको हुँदा सबै पक्षलाई अध्ययन गरेपछि मात्र एमालेले नाम प्रस्तावित गर्ने नेता भट्टराईले बताए।
नेता भट्टराईले मंगलबारदेखि नेकपा एमालले पार्टी सुदृढीकरण तथा विस्तार अभियान सुरु गरेसंगै पाल्पा आएका थिए ।