तानसेन। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले देशका सबै राजमार्गको निर्माण र नयाँ सडकको स्तरवृद्धिका लागि सरकारले पहल गरेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखालेतानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले सरकारले देशभरका रुग्ण आयोजनाको बारेमा देशभरका निर्माण व्यवसायीसंगको सयुक्त बैठक सकेर थप कार्य अघि बढेको बताए।
संयुक्त बैठकपछि मन्त्रालयले कतिपय योजनालाई खारेज गर्ने, र म्याद दिएर लिखित कारबाही गरी अनुगमन सुरु भएको पनि उनले बताए। विभिन्न कार्यदल बनाएर रिपोर्टका आधारमा तत्काल गर्नसक्ने कार्ममा आफहरु लागेको उनले बताए ।
पत्रकारहरुको जिज्ञाशामा श्रेष्ठले उपत्यकासहित देशभरका ठेक्का भएका सडकहरु काम नभएको, सुरु भएर छाडेको र गुणस्तरहिन काम नभएको जस्ता समस्या देखिएको हुँदा सबै सडकको अनुगमन गरी नयाँ ढंगबाट काम गघि बढ्ने बताए ।
सरकारमा गएको दुई महिना मै सबै काम गर्न नसकिने भएपनि सुरुवात राम्रो भएको हुँदा देखिने गरी काम गर्न आफूले पहल गरेको उपप्रधान्मन्त्री श्रेष्ठले सो बखत बताए ।
यसैबीच उपप्रधान्मन्त्री श्रेष्ठले अहिलेको सरकारले चारवटा कार्यभार अनुसार काम गरेको बताउँदै अहिलेसम्म हासिल गरेको उपलब्धिको रक्षा गर्नु तथा शन्ति प्रक्रियाको कार्यभमर पूरा गर्नेतर्फ उन्मुख भएको हुँदा सबै श्रेष्मा सुधारात्मक कामहरु हुने धारणा राखे ।