तानसेन। पाल्पामा आगामी बैशाख १४ गतेदेखि २४ गतेसम्म संचालन महोत्सव हुने भएको छ । पाल्पा उद्योग वाणिज्य संघले १३ औं संस्करणको पाल्पा महोत्सव गर्ने भएको हो ।
महोत्सवमार्फत आर्थिक, सामाजिक, पर्यटकीय र सांस्कृति क्षेत्रको विकासमा टेवा पुग्ने संघले जनाएको छ । वि.स. २०५८ सालदेखि विभिन्न सयममा मेला महोत्सव गर्दै आइरहेको संघले केही कोरोना महामारीका कारण हुन नसकेको महोत्सवलाई निरन्तरता दिन लागेको संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिए।
संघले सामाजिक उत्तरदायित्व बहन गर्दै मेला महोत्सवबाट उठेको रकमहरु संस्थागत विकास संघको बाँकी रहेको बहुउद्देश्यीय भवन निर्माण सम्पन्न, संघको व्यवसायिक हक हित कोष, व्यवसायिक सुरक्षा, संस्कृति जर्गेना, पर्यटकीय विकासलगायतका क्षेत्रमा खर्च गर्ने गरी महोत्सवको आयोजना गरिएको जनाएको छ ।
महोत्सवको लागि स्थान भने छनौट गर्न बाँकी रहेको संघले जनाएको छ । मेलाको लागि बतासेडाँडा, बाँसटारी, प्रभास क्षेत्र, गोर्खेकोट, श्रीनगरलगायतको क्षेत्र हेरेर आवश्यक निर्णय लिइने संघले जनाएका छ ।