तानसेन। चिलाङ्गदी- नायर–राम्दी सडक पिचका लागि बन्द हुुने भएको छ । चिलाङ्गदीदेखि बगनासडाँडासम्मको सडकमा पिच तथा ढलान निर्माणको कार्य भइरहेकाले हुँदा फागुन १८ गतेदेखि चैत्र ३० गतेसम्म सडक बन्द गरिने भएको हो ।

निर्माण कम्पनी बाबा कन्स्ट्रक्सन वालिङ –८ स्याङ्जाले पिच र ढलानको काम भरहेकाले नियमित सवारी आवागमनले निर्माण कार्यमा समस्या भएकाले सवारी साधन रोकिदिन आग्रह गरेपछि बगनासकाली गाउँ सरकारले सडक बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

पालिकाले एक सूचना जारी गर्दै सो अवधिमा सवारी संचालन नर्गन आग्रह गरेको हो । निर्माणस्थलमा सवारी साधन नचलाई वैकल्पिक बाटो प्रयोग गरी निर्माण कार्यमा सहयोग गरिदिन बगनासकाली गाउँपालिकाले सबै संग अनुरोध गरेको छ ।

उक्त सडक प्रयोग गर्ने सवारी साधनहरुले खोरबारी–बरबा–नायर, ढङ्यान–छतिवन– नायर र कोइलीखानी–नायर सडकको बैंकल्पिक प्रयोग गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया