झापामा दुई हजार किलो सुपारीसहित चौधरी पक्राउ

काठमाडाैं। झापाबाटअवैध सुपारी बोकेको गाडीसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । मङ्गलवार २ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचीनगर नगरपालिका वडा नं ६ मा दुई हजार किलो सुपारीसहित झापा दमक नगरपालिका वडा नं १ बस्ने वर्ष २८ को मुकेश चौधरीलाई पक्राउ गरेको जनाएको छ ।

अवैध सुपारी बोकेको प्र.१.०२.००२ च ५४३२ नम्बरको पिकअप गाडी पनि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। उनलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरी पठाइएको रिजालले बताए।

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको