पाल्पामा पौडी खेल्दा डुबेर किशोरको मृत्यु

तानसेन। पाल्पामा पौडी खेल्दा डुबेर एक किशोर मृत्यु भएको छ। पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७, बल्ढेङगढीस्थित कन्चनखोलामा डुबेर एक किशोरको मृत्यु भएको हो ।

सो पालिकाको वडा ७ र ८ को सिमाना भएर बग्ने कन्चनखोलाको जलुकेघाटमा पौडी खेल्ने क्रममा १७ वर्षीय भीमबहादुर रानाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रैनादेवी छहरा ७, बल्ढेङगढी जोगदमार बस्ने साथीहरूसँग पौडी खेल्न गएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer