तानसेन। पाल्पामा महिला उद्यमीका लागि साक्ष्राता सम्बन्धी तालिम दिइएको छ । पछिल्लो समय लघुवित्तमार्फत ऋण लिएर सोको गलत प्रयोग गर्नाले धेरै महिलाहरु बिचल्लीमा परेको भन्दै इन्फिनिटी लघुवित्त वित्तिय संस्थाले महिलाका लागि वित्तिय साक्षरता सम्बन्धी तालिम दिएको हो।
११३ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा उक्त संस्थाको तानसेनस्थित बर्तुङ्ग शाखाले तालिम आयोजना गरेको हो।
तालिममा महिलाहरुका लागि ऋणको सदुपयोग, उद्यमशीलता विकास र बचत गरी आर्थिक समृद्धि हासिल गर्न उपयोगी हुने विषयमा जानकारी दिइएको शाखा प्रमुख अजय कुमार मिश्रले बताए।
तालिमका क्रममा संस्थाको केन्दीय अनुगमन विभाग प्रमुख बिराटपति नाथ गच्छेदार र अनुगमन अधिकृत प्रकाश घिमिरेले पछिल्लो समय वित्तिय संस्थाप्रति देखिएको वितिस्णाको बारेमा जानकारी दिदैं कर्जाको सही सदुपयोग गरेमा सानो लगानीबाट ठूलो उपलब्धी हासिल गर्न सकिने र सोको लागि महिलाहरु त्रियाशील हुनुपर्ने बताएका थिए ।
उक्त शाखा अन्तरगत रहेका एक सय दुई वटा समूहका केन्द्र प्रमुखहरु तालिममा सहभागी भएका थिए ।
सोही अवसरमा ऋणको सही सदुपयोग गरी उद्यमी बनेका महिला तथा धेरै बचत गर्ने महिलाहरुलाई सम्मान समेत गरिएको संस्थाकी कर्मचारी जमुनादेवी बाैडेलले नयाँधारलाई जानकारी दिइन् ।