लुम्बिनी प्रदेश सरकारका मन्त्री आचार्यको घरमा चोरी

बुटवल। लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । सन्धिखर्कको हटारीनेटास्थित आचार्यको निजी निवासमा गए राति चोरी भएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको छ । तर ,के–कति चोरी भयो भन्नेबारे मन्त्री आएपछि यकिन हुने प्रहरीले जनाएको छ ।

छिमेकीहरूका अनुसार यसअघि पनि आचार्यको घरमा चोरी भएको थियो । त्यसबेला त्यति धेरै क्षति नभए पनि यसपाली सबै ताल्चा फोडेको र सामान लगेको उनीहरूको भनाइ छ ।

‘डेढ महिनाअघि पनि मन्त्रीको घरमा चोरी भएको स्थानीयले बताएका छन् । यसरी चोरीको घटना दोहोरीएपछि वरिपरिका बासिन्दाले असुरक्षित महसुस गरिरहेका बताएका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer