रामपुरमा डिजिटल परिचयपत्र वितरण सुरु

तानसेन। पाल्पाको रामपुर नगरपालिकाले जिल्लामै पहिलो पटक डिजिटल परिचयपत्र वितरण गरेको छ । नगरपालिकाले ज्येष्ठ नागरिक र अपांगता भएकाहरूका लागि डिजिटल परिचयपत्र वितरण गरेको हो ।

यसअघि हातले नाम, ठेगाना र विवरण भरेर परिचयपत्र दिने गरेकोमा डिजिटल मेसिनमार्फत परिचयपत्र निर्माण गरी वितरण सुरु गरेको हो। यसअघि परिचयपत्र लिइसकेका सेवाग्राही र नयाँ सेवाग्राहीले आवश्यक कागजात र विवरण उपलब्ध गराएर डिजिटल परिचयपत्र दिइने नगरप्रमुख रमण बहादुर थापाले बताए ।

हातले बनाएका परिचयपत्रहरु पानीमा भिज्ने, अक्षर र फोटो मेटिने, च्यातिने समस्या देखिएको हुँदा सेवाग्रहीहरूले गुनासो अनुसार डिजिटल परिचयपत्र नगरपालिकाबाटै वितरण गर्ने व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ ।

अनलाइन प्रविष्टि हुने भएकाले डिजिटल परिचयपत्र बारकोड र क्यूआर कोडमार्फत पनि सकिने गरी बनाइएको छ । हराएमा पनि सजिलै प्रदान गर्न सकिने भएकाले धेरै सहज हुने उनले बताए ।

अपांगता भएकाहरुका लागि रातो, निलो, पहोले र सेतो परिचयपत्र र जेष्ठ नागरिकहरुका लागि पूर्ण विवरणसहितको डिजिटल परिचयपत्रको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया