बराङ्दीमा ग्यास सिलिण्डर पड्किदा महिला घाइते

तानसेन।  पाल्पामा खाना पकाउने एलपी ग्यास सिलिण्डर पड्किएर एक जना महिला घाइते भएकी छन् । आज बिहान बगनासकाली गाउँपालिका वडा नं. ८ बराङ्दीस्थित फलालेका ज्योतिनाथ घिमिरेको घरमा राखेको ग्यास सिलिन्डर पड्किएको हो । उक्त सिलिण्डर पड्किदा खाना पकाउदै गरेकी पम्फा घिमिरे घाइते भएको पत्रकार दयाराज न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ । बिहान खाना पकाउने क्रममा एक्कासि सिलिण्डर पड्किदा घरमा समेत क्षति पुगेको छ ।

सिलिन्डर पड्किएपछि आगलागी हुनबाट भने स्थानीयको सहयोगमा जोगाएको बताइएको छ ।

तपाईको प्रतिक्रिया