आजको सुनचाँदी बजारभाउ

काठमाडौं । अघिल्लो दिन एकै पटक १६०० रुपैयाँले बढेको सुनको मूल्य बुधबार भने स्थिर रहेको छ । बुधबार चाँदीको मूल्यमा समेत कुनै बदलाव नदेखिएको नेपाल सुनचाँदी महासंघले जानकारी गराएको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ५ हजार ७ सय, तेजावी सुनको मूल्य १ लाख ५ हजार २ सय र चाँदीको मूल्य १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि यही भाउमा सुन र चाँदीको कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया