
तानसेन। गुल्मी जिल्लामा अनौठो शिशुको जन्म भएको छ । इस्मा गाउँपालिका वडा नं. ३ दर्लामचौरको तोरीपाटाकी २७ वर्षीया गोमा नेपालीले अनौठो शिशु जन्माएकी हुन् ।
आँखा नभएको, ठूलो, अस्वाभाविक मुख, साना कान र शरीरभर छाला खोल्सिएको अवस्थामा बालिका जन्मिएको बताइएको छ । उक्त शिशुको हात–खुट्टा पनि सग्ला नभएको र रोए पनि दूध खाने अवस्था नभएको परिवार स्रोतले बताएको छ ।
गोमाले चौथो सन्तानको रूपमा घरमै उक्त शिशु(बालिका) जन्माएकी हुन् । यसअघिका सन्तान सामान्य अवस्थाकै जन्मिए पनि अहिले अनौठो बच्चा जन्मिएपछि स्थानीय अचम्ममा परेका छन् ।
अनौठो स्वभावको शिशु जन्मिए पनि परिवारमा आर्थिक अभावका कारण उपचारका लागि अस्पताल लैजान नसकेको स्थानीयले बताएका छन् ।