
काठमाडौं। प्रहरीले पर्साबाट लागु औषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. ३२ बस्ने रामतुल्लहा मिया,चितवन राप्ती नगरपालिका(१२ बस्ने सहमुल पुजा, मर्कुस पुजा, राम बिलास पुजालाई पक्राउ गरेको हो ।
उनीहरुलाई बिहीबार बिहान ५ बजे २६ किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
उनीहरु जीतपुरबाट मनवातर्फ जाँदै गरेको ना २ ह ३०८ नम्बरको अटोमा सवार थिए । मिया अटो चालक हुन् ।
उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।