तानसेन। जिल्ला प्रहरी कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गबाट राजस्व छली गरेर ल्याइएको सामग्री बरामद गरेको छ । बिहीबार बुटवलबाट गुल्मीका लागि डिहेको लु २ च ५४८९ नम्बरको बोलेरो जिपमा रहेको ९ सय ८२ केजी राजस्व छली गरेको सामग्री तानसेन बुटवल सडक खण्डको पौठेडाडाँबाट बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार बरामद भएको सामग्रीमा नौं सय ८२ केजी चियापत्ती, ६ कार्टुन इम्लिमिठाई, सनपापडी मिठाइ ५ कार्टुन रहेको छ ।
प्रहरीका अनुसार उक्त सामग्रीको मूलय तीन लाख ६ हजार ५ सय साठी रुपैयाँ बराबरको रहेको छ । प्रहरीले बोलेरो गाडी र चालकसहितलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको सूचना अधिकारी थापाले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।पछिल्लो समय सिद्धार्थ राजमार्ग भएर राजस्व छली गरी तथा अवैध रुपमा सामग्रीको ओसारप्रसार बढेको स्थानीयले बताएका छन् । उता प्रहरीले नियमित चेकजाँचमा कडाई नगर्द उपभोक्ता ढगीमा पर्ने जोखिम पनि बढेको स्थानीयले बताएका छन् ।