
तानसेन। नयाँ वर्षको अवसरमा पाल्पा रामपुरमा विशेष कार्यक्रम हुने भएको छ । रामपुरस्थित पोखराको फेवातालको स्वरुपमा निर्माण गरिएको तालपोखरा क्षेत्रमा पर्यटन पर्बद्धन गर्नका लागि दुई दिने विशेष कार्यक्रम हुने भएको हो ।
नेपाल सरकारले एक सय पर्यटकीय गन्तव्यस्थलको सूचीमा समावेश गरेको तालपोखरामा बैशाख १ र २ गते विशेष मेला गर्ने तयारी भएको मन्दिर संरक्षण समितिले जनाएको छ ।
पछिल्लो समय पर्यटकको रोजाइमा पर्दै आएको तालपोखरामा आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्नका लागि विशेष कार्यक्रम आयोजना गरिएको तालपोखरा संरक्षण समिति अध्यक्ष भरतराज देवकोटाले जानकारी दिए।
तालपोखराको सौन्दर्यमा रमाउदै, जलयात्रामार्फत डुङ्गामा सयल तथा चर्चित कलाकारको प्रस्तुति र विविध सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको अध्यक्ष देवकोटाले जानकरी दिए।
गर्मी महिना लागेसंगै पाल्पासंग छिमेकी जिल्लाहरुबाट पनि तालपोखरामा अवलोकन गर्नका लागि पर्यटकको चाप बढेको हुँदा नयाँ वर्षको अवसरमा थप कार्यक्रम आयोजना गरिएको बताइएको छ ।