तानसेन। पाल्पामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका वडा नं.२ मसारस्थित हार्थोक–सर्देवा भित्री सडक खण्डमा टिपरले ठक्कर दिदां ६९ वर्षीय होमबहादुर लाम्टाङ्गेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार बिहान सिद्धेश्वरको खानीबाट चुनढुङ्गा लिई बुटवलतर्फ जाँदै गरेको लु २ ख २४४६ नम्बरको टिपरले लाम्टाङ्गेलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार बाटोमा हिडिरहेका उनलाई टिपरले ठक्कर दिएको थियो ।

टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया