काठमाडाैं। लोक गायक अर्जुन कौशल यतिबेला गायन क्षेत्रमा व्यस्त नाम हो । पाल्पाको तानसेन नगपालिका १४ अर्गलीमा जन्मेका कौशल विशेष गरी सामाजिक परिवर्तन र राष्ट्रियता सवालमा गीत गाउन रुचाउने गायक हुन् ।

कौशल २०५४ सालदेखि नै गीत संगीतका क्षेत्रमा प्रवेश गरेको हुन । ‘जति बेला मैले स्कुलमा अध्ययन गर्दै थिए, त्यति बेलादेखि नै गीत संगीतका क्षेत्रमा लागेको हु । विस्तारै गीतहरु चर्चित भए ।’ कौशलले भने ।

कौशल आउने दशैँमा लोकदोहोरी गीत गाएर यो क्षेत्रमा प्रवेश गरेको हुन् । मावली गाउँ गुल्मी जिल्लाको लिम्घाको स्कुलमा पहिलो पटक गीत गाएको उनले बताए ।

“त्यस यता हजारौं गीतहरु गाइसकेको छु । अहिले सामाजिक विकृति संगीत तथा राष्ट्रियता सवालमा गीत गाउन विशेष रुचि देखाउछु ।” उनले भने।

हाम्रो देशको सीमाना मिचेको होइन बेचेको, सीमानाको खोजीमा हिडियो नेपाली । मेरो देश नेपाल, मलाई प्यारो लाग्छ नी,जनचेतना जगाउ गाउँघर सबैलाई व्यूझाउन, न त पानी चल्ने न त कोही छन् बोल्ने, कोही राम्रो काम गर्दा आगो भई पोल्नेलगायतका सामाजिक रुपान्तरणका गीत उनका चर्चित गीहरु हुन् ।

यानीमाया हो, भिरको बाटोमा, नाथिमा वालीले, आइ गायो बसन्त, देउडा, सिकारे खल्ने बाठनीय हो जस्ता गीतसंगै चौधरी भाषामा पनि उनका गीत चर्चित छन् ।

श्रोताको मन तान्ने खालका शब्द र संगीतका कारण सबैका माझ चर्चा पाउन सफल भएको उनी बताउछन् । एक सय गीतमा स्वर र तीन सय गीतमा संगीत÷शब्द दिएको उनले बताए ।

 

गीत संगीतको क्षेत्रमा प्रवेश गराउने प्रेरणाको स्रोत विद्यालयका शिक्षक हुन । छमछम नाचीदेउ निउरो हातमा रुमाल कानमा फूल सिउरेर गीत कौशलको पहिलो गीत हो ।

पछिल्लो समय कौशल गायन क्षेत्रमा ब्यस्त छन् । मेला महोत्सवमा कौशलकै गीत सुन्नेहरु निकै चहलपहल देखिन्छ ।

गायनबाट मात्र मासिक ५० हजारदेखि ७० हजारसम्म आम्दानी हुने उनी बताउछन् । स्वदेशका कार्यक्रममा भन्दा विदेशका कार्यक्रममा राम्रो आम्दानी हुन्छ । विदेशका कार्यक्रममा एक लाखदेखि डेढ लाखसम्म आम्दानी हुने कौशलको दावी छ ।

कौशलकी श्रीमती गीता कुमारी कौशलले काठमाडौंको अनामनगरस्थित रेम्व्रो म्युजिक मुभी पनि सञ्चालन गर्दै आएकी छन् ।

तपाईको प्रतिक्रिया