दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटनाः तीन जनाको मृत्यु

काठमाडौं।  दैलेखमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको हो ।

मनकामना ग्यास बोकेको ट्रक सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा ट्रकमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले बताए ।

मृतकको सनाखत हुन भने बाँकी रहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया