बुटवल।लुम्बिनी प्रदेश सरकारमा नयाँ मुख्यमन्त्रीको लागि दाबी पेस गरिएको छ । नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले नेकपा माओवादीसहितका सत्ता साझेदार दलको सहमतिमा मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् ।
आइतबार माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता लिएसंगै चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेस गरेका हुन् ।
नेता चौधरीलाई नेपाली कांग्रेस, (माओवादी केन्द्र) का नेता जोखबहादुर महरा, नागरिक उन्मुक्ति पार्टीका नेता धर्मबहादुर चौधरी, लोसपाका नेता सन्तोषकुमार पाण्डेय, जनमत पार्टीका नेता चन्द्रकेश गुप्ता, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा (एकीकृत समाजवादी) का नेता भगवती अधिकारी, राष्ट्रिय जनमोर्चाका नेता तारा थापा र स्वतन्त्र सांसद खड्क बस्नेतले हस्ताक्षर गरेर मुख्यमन्त्री बनाउन माग गरेका छन् ।
यता माओवादी केन्द्रसहितका दलको सहमतिमा मुख्यमन्त्री बनेका लिला गिरीले भने हालसम्म राजिनामा दिएका छैनन्।