शितलपाटीमा जीप दुर्घटना

तानसेन। तानसेनको शितलपाटीमा जीप दुर्घटना भएको छ। तानसेनको मुख्य बजार शितलपाटी ब्रेक फेल भएर जीप दुर्घटना भएको हो ।

आइतबार बेलुका पेयपदार्थ बोकेको लु १ च ७७६२ नम्वरको पिकअप जीप भगवती टोलबाट शितलपाटीतर्फ झर्दै गरेको जिप ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जीपले शितलपाटीबाट कैलाशनगरतर्फ निस्कदै गरेको स्कुटरलाई साइट दिने क्रममा एक्कासी दुर्घटना भएको बताइएको छ। जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लका अनुसार ब्रेकफेल भएको जीपले मानवीय क्षति भने गरेको छैन।

बेलुकाको समयमा मानिसको आवागमन कम हुने हुँदा क्षति कम भएको प्रहरीले जनाएको छ । जीपका चाल सकुशल रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया