७६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रिय संक्रमित २२७ पुगे

काठमाडौ। पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार १५१ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण देखिएको हो ।

जसमा ३४५ जनाको पीसीआर परीक्षण गर्दा ४९ जना र ८०६ जनाको परीक्षण गर्दा २७ जना कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाका १६ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २२७ जना कोरोनाको संक्रिय संक्रमति रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया