वैशाखदेखि जोमसोममा बियरको बोतल प्रयोगमा प्रतिबन्ध

काठमाडौं। मुस्ताङको घरपझोङ गाउँपालिकाले बियरको बोतल प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । १ वैशाख २०८० देखि बियरको सिसाको बोतल प्रयोग निषेध गर्ने निर्णय भएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

बियरको सिसाको बोतल व्यवस्थापनमा समस्या भएकोले प्रयोग निषेध गर्ने निर्णय भएको सूचनामा उल्लेख छ । घरपझोङ गाउँपालिकामा मुस्ताङको साविकका मार्फा, टुकुचेको (८,९) वडाहरू र जोमसोम गाउँ विकास समिति समावेश छन् ।

गाउँपालिका भित्र रहेका होटल, पसल, घुम्न आउने पर्यटक र स्थानीयलाई बियरको सिसाको बोतलहरु प्रयोग नगर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

नकुहिने फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माण भइरहेको र पुनः प्रयोग गर्न सक्ने फोहोरलाई कवाडी मार्फत बेच्ने तयारी भइरहेको अध्यक्ष लालचनले बताए ।

लालचनका अनुसार घरपझोङमा उत्पादन हुने स्थानीय मार्फा लगायतका अधिकांश मदिरा भने देशबाहिर निर्यात हुने गरेको छ ।

हेर्नुहोस् सूचना:

तपाईको प्रतिक्रिया