युवा व्यवसायी घिमिरेलाई बुलेट मोटरसाइकल पुरस्कार

पाल्पा । पाल्पाको छहरामा सामान्य परिवारमा जन्मेका कमल प्रसाद घिमिरेले पछिल्लो समय सफल व्यवसायी रुपमा परिचत भएका छन् । शिक्षण पेशामा रहदादेखि नै रचनात्मक कार्यमा रमाउने उनी हाल व्यवसायीक सुन्तला खेती गर्ने किसानसंगै जीवन बीमामार्फत देशभर नै आफ्नो नाम चिनाउन सफल भएका हुन् ।

सुयोज्योती लाईफ इन्स्योरेन्स कम्पनीमा आवद्ध रहेका घिमिरेले पछिल्लो समय बीमा कम्पनीमार्फत बुलेट मोटरसाइकलसहित अन्य पुरस्कार प्राप्त गरेका छन । बीमा क्षेत्रमा रहेर काम गरेका कमल सुर्यज्योती लाईफ इन्स्योरेन्स कम्पनी मार्फत यो वर्ष पनि उत्कृष्ट व्यापार गरेको भन्दै कम्पनीका कार्यकारी प्रमुख प्रकास बिक्रम खत्री र सिनिएर नायव कार्यकारी प्रमुख पवन कुमार खड्काले एक कार्यक्रमकाबीच बाइकसहित अन्य पुरस्कार प्रदान गरेका हुन ।

पुरस्कार प्रदान गदै कम्पनीका कार्यकारी प्रमुख खत्रीले घिमेरेले गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा निरन्तर रुपमा व्यापार गरेर थप अगाडी बड्न हौसला दिए । उनले सबै बीमा अभिकर्तालाई घिमिरेले जस्तै उत्कृष्ट व्यापार गरेर सुर्यज्योती बीमा कम्पनीलाई एक नम्बर कम्पनी बनाउनेतर्फ लाग्न अनुरोध समेत गरेका छन ।

पुरस्कार प्रदान गर्ने क्रममा बोल्दै सिनिएर नायव कार्यकारी प्रमुख पवन कुमार खड्काले घिमिरेले बोलेर भन्दा पनि गरेर देखाउने ब्याक्ती भएको हुँदा निरन्तर लामो समय देखी यस कम्पनीमा आबद्ध भएर उत्कृष्ट स्थान हासिल गदै यो स्थानमा आउनु सामान्य कुरा नभएको बताए । उनले आफ्नो उदेश्य र लक्ष्य लिएर काम गरेमा सफल हुन समस्या नरहेको बताए ।

बुटवल साखामा रहेर काम गरेका घिमिरेले वि.स.२०७३ सालबाट निरन्तर रुपमा नेपाल प्रथम हुदै कम्पनीको मिलियन डलर राउन्ड टेवलको उपाधी समेत प्राप्त गर्न सफल भएका छन् ।

घिमिरे यो वर्ष सुयोज्योती बीमा कम्पनीबाट अभिकर्ताहरुको छाता संगठन एमडिआरटिको उच्तम स्थान पार गर्दै टफ अफ द टेवलमा समेत छनोट भएका छन ।जुन उपाधी सुर्यज्योती बीमा कम्पनीको अहिलेसम्मको पहिलो भएको कम्पनीले जनाएको छ ।

बुटवल साखा प्रमुख खेम थापाले नेपालकै उत्कृष्ट व्यापार गर्न सफल रहेको भन्दै कमल घिमिरेलाई आगामी दिनमा थफ सफलताको शुभकामना व्यक्त गरे ।

जीवन बीमा व्यवसायमा पहिलो मर्जर कम्पनीको रुपमा सूर्य र ज्योती लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेसंगै सूर्यज्योति लाइफको जीवन बीमा कोष २२ अर्ब पुगेको छ ।

कम्पनीले ३० अरब लागनी गरेको छ । बीमितहरुका लागि कम्पनीले उच्चतम प्रतिफल दिन लागि परेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया