
तानसेन। सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि आजदेखि सिद्धार्थ राजमार्ग बन्द गरिएको छ । उक्त राजमार्गको तानसेन बुठवल खण्ड अन्तरगत तिनाउ ३ को सिद्धबाबा क्षेत्रमा सुरुङ् मार्ग निर्माणको प्रारम्भिक काम गर्न बिहान ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गरिएको हो ।
सुरुङ् मार्ग निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ् कर्पोरेसनले प्रारम्भिक काम गर्नका लागि माग गरेपछि नौँ घण्टाका दरले सवारी आवागमन राकेर काम गर्न लार्गिको हो ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले अर्को सूचना नभएसम्मका लागि सडकमा अन्यावश्यक बाहेका सवारी रोकेर काम गर्न अनुमति दिएको छ । यसअघि पनि त्यस क्षेत्रमा सुरुङ् मार्ग निर्माण गर्न प्रारम्भिक चरणको काम गर्न १५ दिन सडक बन्द गरिएको थियो । यसर िपटक पटक सवारी आवागमन बन्द गर्दा आफूहरु मर्कामा परेको यात्रुहरुले बताएक छन् ।
सिद्धबाबा क्षेत्रमा १ हजार १२६ मीटर दूरी सुरुङ् मार्ग निर्माणका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको आयोजना पक्षले जनाएको छ ।