टुंडिखेलमै हुने भो १३ औं पाल्पा महोत्सव

तानसेन। पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा आगामी बैशाखमा हुन लागेको १३ औं पाल्पा महोत्सव तानसेनको टुडिखेलमा हुने भएकाे छ । बैशाखको १४ गतेदेखि २४ गतेसम्म प्रभासस्थित बासँटारीमा हुने भनिएको महोत्सवको मंगलबार स्थान परिवर्तन भएको हो ।

तानसेन नगरपालिका र पाल्पा उद्योग वाणिज्य संघका बीचमा टुंडिखेलमै महोत्सव आयोजना गर्ने सहमति भएपछि स्थान परिवर्तन गरिएको मेला मूल ओागजन समिति संयोजक तथा संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिए।

नगरपालिकाले टुंडिखेलमा लगाएको दुबोसहित अन्य संरचनाको संरक्षण गर्ने गरी महोत्सव गर्ने सहमति भएको छ ।

तानसेनको टुंडिखेलमा करोडौँ खर्च गरेर निर्माण गरिएको सुन्दरता नबिगार्ने गरी महोत्सव गर्न नगरपालिकाबाट सहमति प्राप्त भएको अध्यक्ष भट्टराईले बताए ।

यसअघि टुडिखेलको संरक्षणका लागि निर्माण भएक संरचना बिग्रिने भन्दै तानसेन नगरपालिकाले महोत्सव गर्न रोक लगाउदै आएको थियो । हाल मुख्य बजारभन्दा बाहिर मेला गर्दा बजार सुनसान हुने हो कि भन्ने सबैको चिन्ता देखेर मेला टुंडिखेलमा गर्न दिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोसलाल श्रेष्ठले बताए ।

टुंडिखेलमा मेला हुने भएपछि मैदान बिग्रने हो कि भन्ने चिन्ता बढेको छ ।भने अर्काेतर्फ मुख्य बजार नजिकै मेला लाग्ने हुँदा मेलामा सहभागि हुनेको संख्यामा वृद्धि हुने आकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया