पाल्पा। पाल्पामा लघुवित्त वित्तीय संस्थाबाट बिनाधितो ऋण दिने प्रलोभनमा पारेर आर्थिक शोषण गरेको भन्दै ऋणीहरु अनसन थाबसेका छन् । जिल्लाका विभिन्न स्थानबाट भेला भएका ऋणीहरुले सुरुमा बिनाधितो ऋण दिन्छम भनेर समूहमा राखेको र हाल जायजेथा जफत गर्ने धम्की दिएको आरोप लगाउँदै वित्तीय संस्था खारेज हुनुपर्ने माग गरी अनुान सुरु गरेका हुन् ।
समुह जमानी बसेर लिएको ऋण मिनाहा हुनुपर्ने, गरिब जनतालाई बिना ब्याज ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्नुपर्ने जस्ता मागर राखेर जिल्ला प्रशासन कार्यालय अगाडी अनिश्चितकालिन रिले अनसनमा उत्रिएको विरोध समिति संयोजक कृष्णमाया आलेले बताइन् ।
ऋण लिँदा सस्तो ब्याजदर भन्दै दिने र अशुल गर्नेबेला विभिन्न बाहनामा ४२ प्रतिशतसम्म असुल्ने गरेको आरेप उनीहरुको छ । जिल्लाबाट जम्मम भएका पीडितहरुले सुरुमा समूह गठन गर्दै बिनाधितो ऋण दिने प्रलोभनमा पीडित बनाएको भन्दै वीत्तीय संस्था खारेज गर्नुपर्ने माग राखेका छन् ।
आन्दोलनमा उत्रिएका उनीहरूले मंगलबार जिल्ला प्रशासन कार्यालयमा ऋण मिनाहाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । साथै प्रशासन अगाडि धर्ना बसेर विरोधसभा गरेका छन् । समयमा माग सम्बोधन नभएका थप संर्घषका कार्याक्रमसहित अघि बढ्ने उनीहरुले बताएका छन् । विभिन्न व्यवासाय गर्न भनेर लिएको ऋणबाट सोचे अनुसारको आम्दानी हुन नसक्दा ऋण दिने संस्थाहरुले गाली, दुर्व्यवहार गरेर मानसिक पीडासमेत दिएको आरोप समूहका महिलाहरुले गरेका छन् ।
वित्तीय संस्थाहरुले दिएको पीडाका कारण आफूहरुले धेरै संस्थाबाट ऋण लिएको पनि उनीहरुले बताएका छन् ।
उनीहरुले एक दर्जनबढी सस्थाबाट एकैसाथ ऋण लिएको र उक्त ऋण चुक्ता गर्न जायजेथा बेच्दा पनि नपुग्ने गुनासो गरेका छन् ।