सूर्याेदय वोमी लघुवित्तले दियो महिलालाई उद्यमी बनाउन च्याउ खेती तालिम

पाल्पा । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था थर्पु शाखाले समूहका महिलाका लागि च्याउखेती सम्बन्धी तालिम दिएको छ । उक्त संस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने ७५ वटा समूहका सदस्यहरुलाई उद्यमी बनाउने एक दिने तालिम दिएको हो ।

संस्थाका शाखा प्रबन्धक भिमराज अधिकारका अनुसार म्याग्दे गाउँपालिका वडा नं. ४ थर्पुस्थित रत्न गुठी भवनमा भएको तालिममा ६० जनाबढी महिला सदस्यकाे सहभागिता रहेको थियो । संस्थाबाट ऋण लिएका महिललाई उद्यमी बनएर आयआर्जन गर्नका लागि तालिम प्रदान गरिएको प्रबन्धक अधिकारीले बताए ।

तालिममा म्याग्दे गाउँपालिका वडा नं.४ का वडाध्यक्ष दिपक कुमार श्रेष्ठले संस्थाबाट लिएको कर्जाको सही सदुपयोग गरी आर्थिक अवस्थासुधार गर्न सहभागिहरुलाई अनुरोध गरे । यस्तै सोही अवसरमा संस्थाका प्रदेश प्रमुख श्री अमित श्रेत्री, एरिया प्रमुख श्री श्याम पोखरेलले वित्तीय साक्षेरता सम्बन्धी जानकारी दिएका थिए ।

संस्थाले यसअघि पनि समूहका सदस्यहरुका लागि वित्तीय साक्षेरता र सीपमूलक तालिम दिँदै आएको जनाएको छ । पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा धेरै महिलाहरु समस्यामा परेका बेला उद्यमशिलता विकासका लागि तालिममार्फत सीप प्रदान गर्न संस्थाले पहल गरेको शाखा प्रबन्धक अधिकारीले बताए ।

यसैबीच तालिमका सहभागिहरुले सीप सिकेपछि लिएको कर्जामार्फत आज आर्जन गर्न सहयोग पुग्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया