गुल्मीमा आगलागीमा परेर वृद्धाको मृत्यु

पाल्पा। गुल्मीमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । गएराति घरमा आगलागी हुँदा मदाने गाउँपालिका वडानम्बर–६ देउराली निवासी ८३ वर्षका ज्ञानबहादुर जिसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिसीको घरमा गएराति करिब १० बजे एक्कासी अगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ढुंगा र माटोले बनेको घर जलेर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

जिसी घरमा एक्लै बस्दै आएकोमा रातिको समयमा आगो सल्किदा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल पठाइएको छ । आगलागीको कारण नखुलेको हुँदा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

तपाईको प्रतिक्रिया