तानसेन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङमार्गको स्थलगत अवलाकन गरेका छन् ।
सोमबार उनीहरुले माथिल्लो सिद्धबाबास्थित सुरुङमार्ग निमाण स्थलको अवलोकन गरेका हुन् । नेपालका लागि चिनिया राजदूत, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती, भौतिक पूर्वाधार मन्त्रालयका सचिव पूर्व सांसद सोमप्रसाद पाण्डेयलगायतले सुरुङमार्ग निमाणस्थलको अवलोकन गरेका हुन् ।
अवलोकन तथा निरिक्षणपछि बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङ मार्ग तोकिएको समयमा निर्माण सम्पन्न हुने बताए। सरकारले अहिले सबै भैतिक पूर्वाधारका संरचना निर्माण समयमा गर्नका लागि चासो दिएको हुँदा सुरुङमार्ग निर्माण तोकिएको समयमै सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको उनले बताए ।
मन्त्री ज्वालाले बुटवल, पाल्पा हुँदै विभिन्न ठाउँमा पुग्ने सडक असुरक्षित भएकाले सिद्धबाबामा सुरुङमार्ग निर्माण शुरु गरिएको बताए । उनले यो सडकलाई सुरक्षित बनाउनका लागि सुरुङमार्ग र अन्य ठाउँमा सडक सुरक्षित हुने गरि काम अघि बढाइएको पनि सो बखत बताए ।
मन्त्री ज्वालाले अब मनसुन सुरु हुने समय नजिकएको हुँदा कुनै पनि राजमार्ग अवरुद्ध नहुनेगरी काम गर्न सरकार लागि परेको सो बखत बताए।
सरकारले निर्माणाधीत सडकहरु चाँडो सक्न सबै पक्षलाई बोलाएर छलफल गर्ने पनि बताउनुभयो । मन्त्री ज्वालाले सिद्धबाबामा सुरुङमार्ग निर्माण शुरु भएपछि यात्रामा सहजता आउने बाउँदै सडकलाई सुरक्षित बनाउनका लागि सुरुङमार्ग र अन्य ठाउँमा सडक सुरक्षित हुने गरि काम अघि बढाइएको दाबी गरे।
सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा बन्न लागेको सुरुङमार्गमा हाल पूर्वाधार निर्माणको काम संचालनमा रहेको छ । उक्त क्षेत्रमा एक किलोमिटर १२६ मिटरको सुरुङमार्ग निमाण हुने छ ।