
काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले सिडियो कार्यालय घेर्न निर्देशन दिएका छ्न ।
परियार समाज गुठी तानसेन पाल्पाको स्वर्ण महोत्सवको उद्घाटन गर्दै सहमहामन्त्री परियारले दलित समुदायको नाम थर सच्चाउन सहयोग नगरे सिडियो कार्यालय घेर्न निर्देशन दिएका हुन् ।
पाल्पा जिल्ला प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासँग आफुसँगै पढेको र नाम थर सच्चाउन सहयोग नगरे सिडियो कार्यालय घेर्नुपर्ने उनले बताएका हुन् ।
उनले विभेदका विरुद्ध परियार समाजका अगुवाहरुलाई सडक संघर्ष गर्न अनुरोध गरे।
यसैबीच उनले विभेदका विरुद्ध आफुले सदनमा आवाज उठाने पनि बताए ।
मंगलबारदेखि सुरु भएको महोत्सवमा देशभरका परिवार जातिका अगुवाहरुको सहभागीता रहेको थियो ।