थप १३६ जनामा कोरोना संक्रमण

काठमाडाैं। पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९७ पीसीआर र १२२७ एन्टिजेन परीक्षणमा ३४ र १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८ जना संक्रमणमुक्त भएका छन् । यसअघि बिहीबार १०६ जनामा संक्रमण पुष्टि भएको थियो ।

नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । १ हजार हाराहारीमा हुँदै आएको कोभिड परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार हाल संस्थागत आइसोलेसनमा ३२ जना, आईसीयूमा ११ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।

तपाईको प्रतिक्रिया