आजको मौसमःचट्याङसहित वर्षाको सम्भावना

काठमाडाैं। हाल देशभर स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ।

पहाडी भूभागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिन सुरक्षा अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer